Paralko Tyandro (परालको त्यान्द्रो) Lyrics – Melina Rai

Paralko Tyandro (परालको त्यान्द्रो) Lyrics – Melina Rai: Music Nepal presenting the lyrics of the song ”Paralko Tyandro (परालको त्यान्द्रो)” sung by Melina Rai. The music of this song is given by Rajkumar Shrestha.

Paralko Tyandro (परालको त्यान्द्रो) Lyrics – Melina Rai

परालको त्यान्द्रो
परालको त्यान्द्रो हो, म
परालको त्यान्द्रो
हलीदाइकै पसीनाको थोपाको पनि एक थोपा ।
परालको त्यान्द्रो हो, म
परालको त्यान्द्रो

बढेँ म, हुर्के म
हेरचाहमा उसकै ।
बढेँ म, हुर्के म
हेरचाहमा उसकै ।

सम्झना छ अझै मलाई
गोडमेल गरेको त्यो दिन
गीत उसले गाएको

“मेरो ‘माया’ छ भने त्यता
पानी खाने निहुँ गरी आऊ यता !”

आज हलीदाइ दयँरा बने
आज हलीदाइ दयँरा बने
‘अहहह माले !’ भन्दै उनले
खलामा दाइँ हाले ।

मेयोको वरिपरि रिङ्गिएर घुम्ने गोरुहरूले
बेसरी मलाई माडे, नङ्ग्याए पनि मलाई।
फलत: परिणत भएँ म
त्यान्द्रोमा त्यान्द्रोमा ।

तर म बग्छु पानीमा
पुतलीको डुङ्गा झैँ सललल,
म उड्छु हावामा
चङ्गाको पुच्छर झैँ फररर।

अनि कहिलेकाँही साँझपख
बूढाबूढीदेखिन् केटाकेटीसम्मलाई तर्साउन
सर्प झैँ सुतिरहन्छु
बाटोमा बाटोमा।

तर, अपसोच !
वास्तवमा म केही पनि होइन
सिवाय परालको त्यान्द्रो !

बोलेँ जे जति मैले
त्यो त मेरो निम्ती
मलाई माया गरी
बोलिदिएका हुन् मेरा कविले ।

किनभने मेरो त
न मुख छ नत मुटु नै
न मुख छ नत मुटु नै !

परालको त्यान्द्रो परालको त्यान्द्रो
परालको त्यान्द्रो हो, म
परालको त्यान्द्रो
परालको त्यान्द्रो हो, म
परालको त्यान्द्रो

Paralko Tyandro (परालको त्यान्द्रो) Lyrics – Melina Rai

Melina Rai – Paralko Tyandro (परालको त्यान्द्रो) Song Details

Song: Paralko Tyandro (परालको त्यान्द्रो)
Singer: Melina Rai
Lyrics: Satya Mohan Joshi
Music: Rajkumar Shrestha
Label: Music Nepal